Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

ल्हासा, असोज १० गते । चीनको औपचारिक भ्रमणमा रहनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गर्नुभएको छ । स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री गोंगार विमानस्थलमा अवतरण गर्नुभएको हो ।

विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी सिचान क्षेत्रीय समितिको पार्टी कमिटिका उपसचिव तथा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन योङछीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा झाँकीसहित सांस्कृतिक टोलीले पनि भव्य स्वागत गरेको छ । विमानस्थलमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकाल लगायत उच्च नेपाली अधिकारीहरुले पनि प्रधानमन्त्रीलाई स्वागत गर्नुभयो ।

ल्हासामा प्रधानमन्त्री प्रचण्डको सम्मानमा महावाणिज्यदूत नवराज ढकालले दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आजै ल्हासास्थित नेपाली महावाणिज्य दूतावास कार्यालयको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको सूची अनुसार आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङछङले भेटवार्ता गर्नुहुनेछ । सचिव वाङले प्रधानमन्त्री प्रचण्डको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवम् यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय