Nepali Unicode | Preeti to Unicode

स्पेनिस ला लिगाको   म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिड विजयी भएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले  रियल मड्रिडलाई ३–१ ले पराजित गर्याे ।

एटलेटिकोको जितमा अल्भारो मोराटाले २ तथा एन्टोवान ग्रिजम्यानले १ गोल गरेका थिए । रियलका लागि टोनी क्रुसले गोल गरे ।

एटलेटिकोले खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलमा अग्रता लिएको थियो।  एन्टोवान ग्रिजम्यानले १८ औं मिनेटमा एटलेटिकोको अग्रता दोब्बर बनाए ।

३५औं मिनेटमा रियलका टोनी क्रुसले सुन्दर गोल गर्दै अग्रता एक गोलमा घटाएका थिए । एटलेटिकोले हाफ टाइमसम्म २–१ कै अग्रता बनाइरह्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै मोराटाले खेलको व्यक्तिगत दोस्रो गोल गर्दै पुनः दुई गोलको अग्रता  बनायो ।

जित पछि एटलेटिको पाँच खेलमा १० अंक सहित पाँचौं स्थानमा उक्लिएको छ । पराजित रियल भने १५ अंक सहित तेस्रो स्थानमा छ ।

रियलले खेलमा जित हासिल गरेको भए पहिलो स्थान कायम गर्ने थियो । बार्सिलोनाको समान खेलमा १६ अंकसहित पहिलो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर