Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |
ललितपुर- कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उहाँले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउनुहुँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताउनुभयो ।
नेपाल कांग्रेसका उपसभापति समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।”
असन्तुष्ट शिक्षकले सुुरुमा कर्मचारीसँग वार्ता गर्दैनौँ भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौ भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताउनुभयो । “उहाँहरुका असन्तुष्टी वार्तामार्फत सम्बोधन गर्दै उहाँहरुकै मागअनुसार टुङ्गो लगाएका छौँ । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ”, उहाँले भन्नुभयो ।
संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय