Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौं- वार्तामा बस्न सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि असहमति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ केन्द्रित भएसँगै विद्यार्थीहरूको पढाइ प्रभावित हुने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

हिजैदेखि शिक्षकहरुले आन्दोलन सुरु गरेपनि संविधान दिवसको अवसरमा हिजो सरकारले सार्वजनिक विदा दिएको थियो । देशभरका सामुदायिक विद्यालय बन्द गर्ने शिक्षकहरुको अडानले आजदेखि लाखौ विद्यार्थीको पढाइ प्रभावित हुने भएको हो ।

हिजो पहिलो दिन हजारौंको संख्यामा शिक्षकहरु आन्दोलनमा सहभागी भएका थिए । यो संख्या आज झन् बढ्ने शिक्षक महासंघको दाबी छ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय