Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |
नारायणगढ ।
नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र रानामगरमार्फत सम्मान गरिएको हो । नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरका अनुसार जिल्ला समितिले गरेको कार्यसम्पादन मूल्याङ्कनका क्रममा जिल्लामा गठित ४८ वटा प्रारम्भिक समितिमध्ये क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजले उत्कृष्ट प्रारम्भिक संस्थाको रूपमा सम्मान ग्रहण गरेको हो ।
यस्तै आठवटा भातृ संगठनहरूमा नेपाल मगर महिला संघ प्रथम, नेपाल मगर विद्यार्थी संघ द्वितीय र नेपाल मगर सांस्कृतिक संघले तृतीय स्थान हासिल गरेको उनले बताए । उत्कृष्ट सबैलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र रानामगरले चितवनका मगर समुदायले जातीय सांस्कृतिक पहिचान जीवित राख्न सफल भएको बताए । ‘अब सबै ठाउँमा बिर्सँदै गएको भाषालाई पनि संरक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि नेपाल मगर संघ र मातहतका सबै संघसंगठन लाग्नु पर्छ ।’ नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापामगरले चितवन जिल्लामा मगर संघले उत्कृष्ट काम गर्दै आएको हुँदा जिल्लाले बनाउँदै आएको छवि गुमाउन नहुने सुझाव दिए । ‘भावी दिनमा अझै धेरै काम गर्नुछ,’ उनले भने, ‘यदि काम गर्नै सकेन छ भने पनि अहिलेसम्म गर्दै आएको कामलाई घटाउन हुँदैन ।’
नेपाल मगर संघ चितवनका उपाध्यक्ष लालबहादुर रानामगरले स्वागत मन्तव्य दिएको कार्यक्रम जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघले सांस्कृतिक प्रस्तुतिसमेत देखाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय