Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
ओली जङ्गबहादुर शैलीमा जङ्गिए, प्रचण्डलाई कारबाहीको चेतावनी
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए ।

तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।’ ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए । त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो ।
बैठकमा प्रचण्डले बोल्दाबोलदै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

पार्टीभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेपनि टसमस भएका छैनन् । उनलाई सत्ताच्युत गर्ने विरोधीको प्रयास पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री भइसकेका तीन नेता र उपप्रधानमन्त्री भइसकेका दुई नेताको मोर्चा बन्दा पनि ओली बलियै छन् । उनले उल्टै कारबाहीको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय