Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि भारतले सानदार जित निकालेको छ । भारतले पाकिस्तानमाथि २ सय २८ रनको फराकिलो अन्तरको जित निकालेको हो । जितका लागि ३ सय ५७ रनको  विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।

पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३–२३ रन बनाए । ओपनर फखार जमान २७, इमाम उल हक ९, बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए ।

भारतका स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले एक एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो । भारतको जितमा विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको  शतकीय इनिङ खेले । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गरेका थिए ।  पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए ।आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो ।

भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले बिहीबार श्रीलंकासँग खेल्नेछ । सुपर फोरमा भारतले पाकिस्तानलाई पराजित गर्दा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो । पाकिस्तान फाइनलमा पुग्न श्रीलंकालाई हराउनु पर्ने बाध्यता छ । पाकिस्तानमाथिको सानदार जितले भारतको फाइनल यात्रा मजवुद बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय