Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

जनता समाजवादी पार्टी( जसपा) अध्यक्ष उपेन्द्र यादवले अहिलेको सिस्टमा नै दोष रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको संसदीय व्यवस्था नै क्रुटीपूर्ण रहेको बताएका हुन् ।  अहिलको परिस्थीतिलाई अन्त्य गर्न  संविधान संसोधन गर्नुपर्ने उनको भनाई छ ।

‘यो सिस्टमा नै दोष छ, हामीले जुन खालको संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं र जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि नै  पुनरविचार गर्नुपर्छ, डिफेक्ट भनेको त्यहाँ हो,’ उनले भने,‘ संवैधानिक व्यवस्था जुन छ संसदीय प्रणालीको, जुन चार पटक– पाँच पटकसम्म जान्छ, त्यो नै पुनरविचार गर्नुपर्छ,  संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने हो, बहुमत रहुन्जेल सरकारमा रहने हो, नरहदा सरकारबाट हट्ने हो,  अर्काेले बहुमत नल्याउदा मध्यवधीमा जाने हो, यो त स्पष्ट हो नि संसदीय व्यवस्थामा जहाँ पनि । तर यहाँ के छ भनेदेखि पाँच स्टेप तल पुगेर मात्रै जाने जुन किशिमको व्यवस्था अपनाइयो, त्यो क्रुटीपूर्ण छ ।’

संंवैधानिक व्यवस्था नै क्रुटीपूर्ण भएका कारण समस्या भएको उनले बताए । ‘निर्वाचन प्रणालीमा पनि दोष छ,  संसदीय प्रणालीपनि विकृतिमुलक छ, जुन अपनाइयो, यो कुरा हामीले संविधान बन्दाखेरी नै भनिराखेका छौं, यसले मुलुकमा अस्थीरता, अन्योलता विकृति र विसंगती बाहेक केही दिदैन्, आज त्यो कुरा प्रमाणित भएको छ,’ उनले भने,‘ संविधानलाई संसोधन गरेर अहिलेको वर्तमान अवस्थाको साशकीय स्वरुप छ, निर्वाचन प्रणाली छ, संसदीय प्रणाली छ, यसमा फेरबदल गर्न जरुरी छ ।’

राजनीतिक मुद्दाहरुको छिनोफानो राजनीतिक दलले नै गर्नुपर्ने उनको भनाई छ । ‘सकभर यस्ता राजनीतिक मुद्दाहरु राजनीतिक मामिलाहरु न्यायीयक क्षेत्र भित्र प्रवेश नगराउँदै राम्रो, राजनीतिककर्मीले राजनीतिक दलले र नेताहरुले नै राजनीनितक मुद्दाको सामधान गर्ने, छिनोफानो गर्ने दाहित्व हो, उनले भने ।

फरक  प्रशंगमा उनले नेपाली कांग्रेससँगको सल्लाहमा नै समाजवादी मोर्चा गठन भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय