राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् ।
एशिया कपमा भोलि (सोमबार) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ ।
आज विहान लामिछाने पत्नी निकिता पौडेलसहित श्रीलङ्का प्रस्थान गरेका हुन् । लामिछानेसँग पार्टीका सहयोगी दीपक बोहरा पनि छन् ।
