Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

भदौ १७ गते । पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताउनुभयो ।

उहाँका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशातर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोक्किई भएको सवारी दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटना बिहान ८ बजेतिर भएको  र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय