Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

विश्वकप  फुटबल विजेता लियोनल मेस्सीलाई पछि पार्दै  म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर एर्लिङ हालान्ड २०२२–२३ को युइएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

उनी सहभागि  टोली सिटीले प्रिमियर लिग, एफए कप र यूईएफए च्याम्पियन्स लिग च्याम्पियन हुँदै ट्रेबल हासिल  गरेको थियो ।

सिटीको उपाधि यात्रामा २३ वर्षीय खेलाडी हालान्डले उत्कृष्ट प्रदर्शन गरे ।

गत सिजन उनले सबै प्रतियोगितामा ५३ खेलमा ५२ गोल गरेका थिए ।

हालान्डले च्याम्पियन्स लिगमा १२ र प्रिमियर लिगमा ३६ गोल गर्दै दुवै प्रतियोगितामा शीर्ष स्कोरर बनेका थिए ।

उनले सिटीकै केभिन डे ब्रुइन र लिओनल मेसीलाई भोटिङमा पछि पारे ।

हालान्डले  ३५२ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहेका मेस्सीले २२७ अंक प्राप्त गरेका थिए ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला २०२२– २३ युइएफए वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय