Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ निवासी सकुन्तला कर्णको परिवारलाई आयआर्जनको लागि बाख्रा प्रदान गरिएको छ ।

शक्ति समुहद्धारा सञ्चालित सुरक्षाका लागि साथ साथ परियोजना अन्तर्गत सोमबार चार वटा बाख्रा प्रदान गरिएको हो । आयआर्जन मार्फत जीविकोपार्जनको आधार तय गर्न ४० बजार रुपैया बराबरको बाख्रा प्रदान गरिएको हो ।

वडा नं ६ का वडाध्यक्ष किरण महतो र रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले कर्णलाई बाख्रा हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले परियोजनाले प्रदान गरेको सहयोगलाई अबसरको रुपमा लिएर आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।

यो सामान्य सहयोग होइन उनले भने यसलाई जीविकोपार्जनको दलिलो माध्यम बनाउन सक्नु पर्छ । परियोजनाकी अधिकृत इन्दिरा सापकोटाले आयआर्जन मार्फत जीविकोपार्जनको आधारशिला तयार गर्न बाख्रा वितरण गरिएको बताइन् ।

उनले आर्थिक अबस्था कमजोर भएका गरिव तथा सीमान्तकृत समुदायको क्षेत्रमा परियोजनाले काम गर्दै आएको जानकारी दिइन् । कार्यक्रममा बाल अधिकारकर्मी निशा मगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय