स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।इंग्ल्याण्डलाई १(० ले हराउँदै उपाधि जितेको हो ।
पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ ।
यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १–१ पटक विश्वकप जितेका छन् ।
