Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

भदौ ३ गते । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुईलाख रुपियाँ जरिवाना गरेको छ ।

सदरमुकामस्थित इलाम नगरपालिका –७ मा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताउनुभयो ।

कोइरालाले उक्त पसल सञ्चालकलाई आजको मितिले सातदिन भित्र बैंकमा जरिवानावापतको रकम जम्मा गरी भौचरको प्रतिलिपी जिल्ला प्रशासन कार्यालयमा बुझाउन आदेश दिइएको बताउनुभयो । कोइरालाका अनुसार सो पसलबाट १४ बोरा युरिया, २६ बोरा डीएपी र दुई बोरा पोटास बरामद गरिएको छ ।

यसअघि पनि प्रशासन कार्यालयले सदरमुकामकै सुनभागा चोकमा रहेको कृषिबिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानविन गरी प्रशासनले सहकारीमार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने उक्त बिज भण्डारलाई पनि दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय