Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेकपा बहसका पराकम्प
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी यतिबेला गम्भीर बहसमा छ । त्यसो त विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन दुवै कहिल्यै बहसविहीन भएनन् । नक्कली नै भए पनि प्रमुख दुस्मन खडा गरेर त्यसकाविरुद्ध निशाना सोझ्याउन पर्ने, जसोतसो आफैँभित्र पनि विपरीत तत्व करार गरी अन्तरसङ्घर्ष सञ्चालन गर्न पर्ने १ जीवन्त पार्टीमा अन्तरसङ्घर्ष चलिरहन्छ, हरेक सङ्घर्षले पार्टीलाई रूपान्तरण गर्न मद्दतै गर्छ भनेर चित्त बुझाउने पुरानो चलनमा आज पनि कमी आएको छैन । हरेक विवादलाई राजनीतिक जामा पहिराउन सिपालु कम्युनिस्ट भाष्य आज पनि कायम छ । मन परेन भने कसैको एजेन्ट वा कसैको उक्साहटमा भनिदिने र राजनीति ध्वस्त बनाइदिने जानेमानेको चलन भन्ने कुरालाई हाल पार्टीको बहसको तरिका र स्तरले पुनर्पुष्टि गरेको छ ।

पार्टी एकताको झन्डै तीन वर्षसम्म पनि महाधिवेशन नहँुदासम्मको सर्वोच्च अङ्ग मानिएको केन्द्रीय कमिटीको जम्माजम्मी दुई बैठक बस्ने र अर्को महाधिवेशन हुनुपर्ने अवधिसम्म पार्टी एकताका बाँकी काम नसकिने हदै दर्जाको पार्टी गतिविधि छ । समाजवादउन्मुख जनताको जनवादको तत्कालीन कार्यक्रमसहितको कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामलामा प्रश्नै प्रश्नले घेरिने अवस्था र सगरमाथाको उचाइझैँ चुलिएको जनताको अपेक्षा पूरा गर्न नसकिएको अवस्थामा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ गर्दै राजावादीहरूका एकाध झाँकीहरू प्रहसन हुने गरेको छ । यो अवस्थाले जोकोही पनि नेकपाका समर्थक, शुभचिन्तकहरूकोे चित्त प्रसन्न छैन ।

पार्टीका कार्यकारी अध्यक्षको १९ बँुदे फिरादको प्रतिउत्तरमा प्रथम अध्यक्षको ३८ बुँदे प्रतिउत्तरले सामाजिक सञ्जाल र अनलाइनकारिताले हर्षबढाइँ गरिरहेका बखत पार्टीको नेतृत्वपङ्ति घँुडा धसेर बहसमा उत्रेको दृश्य धुम्बाराहीमा देखिन्छ भने देशैभरि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू यो वा त्यो कित्तामा विभाजन भई मल्लयुद्धको पूर्वाभ्यास गर्दै छन् । पर्सा घटना यसको एक प्रतिछाँयामात्रै हो । दुई अध्यक्ष वादी प्रतिवादी अरू नेताहरू फड्के किनाराका साक्षी, केही वाक््पटुता भएकाहरू रफुचक्करबाजझैँ रफु भर्ने धुनमा रेडियो, टेलिभिजनमा व्यस्त, जनता निराश यतिबेलाको यथार्थ यही हो । कम्युनिस्ट पार्टीको जीवन बहसमा निर्भर गर्छ ।

माक्र्सवादी भाष्यमा यसलाई आन्तरिक जनवाद भनिन्छ । जनवादी केन्द्रीयता लेनिनवादी सङगठनात्मक सिद्धान्तको मर्म हो भन्दै गर्दा युद्धका बेला केन्द्रीयता र शान्तिका बेला जनवाद भनिन्छ । आवश्यकता र स्वतन्त्रताको बहसको कुरा गर्दा सङ्कटको बेला आवश्यकता र फुर्सदको बेला स्वतन्त्रता भन्ने पनि नगरिएको हैन । राजनीतिलाई पेशा बनाएका जनहरूका लागि जे गर्दा पनि फाइदा होला र हरेक बहसले पार्टीलाई नयाँ उचाइमा पु¥याउँछ भनिएला तर आमजनता, समर्थक, शुभचिन्तकका लागि विवाद निराशाको अस्त्र बनेर आउँछ भन्ने बुझ्न कत्ति पनि कठिन हुँदैन । त्यसैमा पनि खास मान्यतामा आधारित बहसले राम्रै परिणाम निकाल्छ भन्ने विश्वास गर्दा पनि यतिबेलाको माहोलले घोषणा गर्दै छ कि यो बहस पद्धतिसम्मत् पनि छैन, न त मित्रवत् । दन्केको आगोमा रोटी सेक्नेहरूको कमी छैन, हेक्का राखिएन भने आगो नेकपाले फुक्ने रोटी अर्कैले सेक्ने नहोला भन्न सकिन्न ।गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय