
नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ ।
बेलायती समाचार संस्था द गार्डियनका अनुसार मोरिसको शव ह्याम्पसायरस्थित एलिस होल्ट जंगलको नजिक फेला परेको हो ।
मोरिसलाई अन्तिमपटक गत ६ मेमा अल्टनस्थित इस्लिङ्टन रोडमा दौडिरहेको देखिएको थियो ।
५२ वर्षीय मोरिस बेन्ट्लेस्थित आफ्नो घरबाट बिहान १०ः३० मा कसरतका लागि निस्केका थिए ।
समाचारका अनुसार, मोरिसको मृत्यु शंकास्पद नभएको प्रहरीको प्रारम्भिक ठहर छ ।
“मृत शरीरको औपचारिक पहिचान हुन बाँकी नै छ । तर, मोरिसको परिवारलाई खबर गरिसकिएको छ । र, उनीहरुले विज्ञ अधिकृतहरुलाई सहयोग गरिरहेका छन्”, प्रहरीको भनाइ छ ।
मोरिस सन् २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए ।