Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

साउन २८ गते । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सतासी धाम सामुदायिक वन उपभोक्ता समूह – झापा सतासी धाम –८ र माइ नगरपालिका इलाम ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका  लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाविरुद्ध   कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ  ।

वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका  प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा  अन्यको समेत  संलग्नता  हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।

डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठका  अनुसार यो घटना अलि अगाडिको भए पनि अनुसन्धान प्रक्रिया पुरा गरेर  बिहीबार  पक्राउ गरिएको हो । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो ।  यस्तै ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगो रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवी रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औँल्याएको छ । तर, सतासी धाम सामुदायिक वनको भने समूहकै पदाधिकारीको संलग्नता देखिएको जनाएको छ । चालकले सिधै फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय