Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ । बिमलनगर बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र यो अझ बढ्दो क्रममा रहेको छ । मर्स्याङदी नदीको तटीय क्षेत्रमा रहेकाहरुलाई दिउँसो १ बजे सम्म सतर्कता अपनाउन अपिल गरिएको छ ।

यसैबीच बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपास भारी बर्षा मापन भएको छ । कोखाजोर खोला, मरिन खोला र आसपासका स-साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरका नदी खोलाहरुमा आज आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुले अपिल गरेका छन् । नारायणी, कर्णाली, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने देखिएको छ ।

साथै केही नदीमा आज र भोलि जलसतह खतरा तह आसपास समेत पुग्न सक्ने पूर्वानुमान रहेकोले जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।

देशैभर आज ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका विभिन्न स्थानमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ ।

यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय