Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कप्तान लियोनल  मेस्सीको दुई गोल  गर्दा  इन्टर मियामी ओर्लान्डो सिटीलाई पराजित गर्दै लिग्स कप २०२३ को अन्तिम १६ मा स्थान बनाएको छ ।

लिग्स कपको राउन्ड अफ ३२ को खेलमा मियामीले ३–१ को जित निकाल्दै अन्तिमा १६ मा प्रवेश गरेको हो ।

मियामीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल गर्दा जोसे मार्टिनेजले १ गोल गरे । ओर्लान्डोका लागि सेजार अराउजोले गोल फर्काएका थिए ।

मियामीले क्वाटरफाइनलमा पुग्न एफसी डालासको सामना गर्नेछ । डालासले मेक्सिकोको माजात्लानलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

खेलको सातौं मिनेटमा मेस्सीले इन्टरलाई अग्रता दिलाए  । उनले रोबर्ट टेलरको पासमा गोल गरेका थिए । १७ औं मिनेटमा ओर्लान्डोले बराबरी गोल फर्कायो ।

दोस्रो हाफको सुरुवातमामियामीले पेनाल्टी पायो । एन्टोनियो कार्लोसले मार्टिनेजलाई लडाएपछि रेफ्रीले पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए ।

मार्टिनेजले गोलरक्षकलाई विपरित दिशामा पठाउँदै पेनाल्टीमा गोल गरे ।  ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–  १ को जित निकाले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय