Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थापाले आज साढे १० बजे सपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ ।

२१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले  पदमुक्त गरेको थियो । सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।

मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाल विश्वासको मत लिन भने चुनौती छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ ।

विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठको अध्यक्षता गर्नुपर्ने हुन्छ । गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय