काठमाडौं । प्रहरीमा थप गरिएको एउटा एआईजीको दरबन्दीमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । आज साँझ बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
पोखरेलको बढुवासँगै उनी हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपीको दौडमा एकल दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल ०७९ वैशाख १९ सम्म छ । त्यसपछि पोखरेल १२ महिनाका लागि आईजीपी बन्नेछन् । पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
पोखरेलसँगै उनकै ब्याची ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रविन्द्र धानुक र उत्तमराज सुवेदी पनि आईजीपीका दाबेदार थिए ।
