Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

काठमाडौँ — दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारीसमेत दिएको छ ।

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने स्पष्ट पारिएको छ । ‘कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो छ, १६ वटा राष्ट्रमध्ये नेपाल उत्कृष्ट उदाहरण पनि बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउनेछन् ।’

ईपीएस सेन्टर नेपालका प्रमुख दकले कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकाले विदेशी श्रमिक छनोटमा उनीहरूकै राय सबैभन्दा महत्त्वपूर्ण हुने बताए । ‘रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन । रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नी कोरिया जान पाउलान् तर रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरू राष्ट्रबाट छनोट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ,’ उनले भने ।

पछिल्लो समयमा प्रवेश छिटो हुने र काममा इमानदार देखिएकाले कोरियाली रोजगारदाताको रोजाइमा नेपाली श्रमिक पर्दै आएका छन् । तर रोस्टरमा नयाँ श्रमिक नभए उनीहरूले अरू देशका श्रमिक छनोट गर्न सक्छन् । ईपीएस लागू भएयता सबैभन्दा बढी गत आर्थिक वर्षमा २१ हजार ८ सय ७० नेपाली कोरिया गएका छन्, जुन नेपालबाट वैदेशिक रोजगारीमा जानेको ४.४२ प्रतिशत हो ।

ईपीएस सेन्टर नेपालका प्रमुख दकले रिटर्नीहरूले परीक्षा र त्यसपछिको प्रक्रियाका बारेमा भ्रम फैलाइरहेको टिप्पणी गरे । रिटर्नीहरूले आफूहरूलाई रोस्टरमा नराखेको, रोजगारस्थलमा सिफारिस नगरेको दाबी गरेका छन् । ‘यस विषयको सत्यतथ्य जाँच गर्दा गत वर्ष उत्तीर्ण भएकाहरू सबै रोस्टरमा चढिसकेको र रिटर्नीको सिफारिस दर लगभग २७ प्रतिशत जति रहेको पाइएको थियो,’ दकले भने, ‘रोजगारदातालाई आवश्यक संख्याभन्दा ३ गुणा बढी सिफारिस गरिने भएकाले रिटर्नीभन्दा नयाँ श्रमिकलाई काममा लिन रुचाइएको छ । यसले साँच्चैको रोजगारी पाएका रिटर्नीको संख्या निकै कम देखिएको छ । नयाँ परीक्षा उत्तीर्ण भएको अवस्थामा रिटर्नीहरूको रोजगारी दर नेपालमा जस्तै अरू मुलुकमा पनि समान रूपमा कम छ ।’ उनले रोस्टरको २ वर्षको म्याद परीक्षा उत्तीर्ण भएको दिनबाट नभएर रोस्टरमा चढेको दिनबाट हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय