Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ पञ्जाव एफसीमा आवद्ध भएका छन् ।

भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।

पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको हो । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आई लिगमा पञ्जावमा पहिलो रोजाइका लागि खेलेका किरणले आईएसएलमा पनि पहिलो रोजाइसँग  खेल्ने सम्भावना छ । त्यो भएमा उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय