Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौँ – राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्नेछ । बैठक बिहान १०ः०० बजे बस्नेछ । बुधवार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुदैँछ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गर्नुभएको कार्य तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय