Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज सपथ ग्रहण गर्ने भएका छन् ।

आज विहान सांढे ९ बजे मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । थापा बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

आजै ३ देखि ४ जना मन्त्री पनि नियुक्त हुने नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । राईका अनुसार कांग्रेसबाट १ जना , नेकपा एकिकृत समाजवादीबाट १ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त हुँदैछन् । कांग्रेसबाट प्रदिप सुनुवारलाई नियुक्त गर्ने तयारी भइरहेको र अन्य दलहरूबाट टुंगो लाग्ने क्रममा रहेको राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय