Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

असार १८ गते । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्व महामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’’

गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशाङ्क भन्नुभयो, ‘‘दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’’

कोइरालाले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गर्नुभयो ।

रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सीता मिजारको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय