Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ।

‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने।

कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र क्रियाशील।

कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागेको पराजुली बताउँछन्।

उनकाअनुसार क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ।

‘क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ,’ पराजुलीले भने।

अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।

वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ।

महामन्त्री गगन थापाका अनुसार सूचना जारी गरेर अनलाइनबाटै सदस्यता खुला गरिनेछ। पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय