Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ।

‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने।

कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र क्रियाशील।

कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागेको पराजुली बताउँछन्।

उनकाअनुसार क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ।

‘क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ,’ पराजुलीले भने।

अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।

वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ।

महामन्त्री गगन थापाका अनुसार सूचना जारी गरेर अनलाइनबाटै सदस्यता खुला गरिनेछ। पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय