Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । आइतबार भएको दोस्रो एकदिवसीय खेलमा पनि सहज जित निकाल्दै अष्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गर्दै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाले जितका लागि दिएको ३९० रनको लक्ष्य भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३३८ बनाएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले ८७ बल खेलेका कप्तान कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८९ रनको योगदान गरे । त्यस्तै ६६ बल खेलेका राहुलले ४ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए ।
भारतका लागि श्रेयस अ‍ैयरले ३८ रन बनाउँदा शिखर धावनले ३० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जोस हाजेउड र आदम जाम्पाले समा दुई–दुई विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३८९ रन बनाए थियो । अष्ट्रेलियाका लागि स्थिभ स्मिथले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १४ चौका र २ छक्काको सहयोगमा १०४ रनको योगदान गरे ।

पहिलो म्याचमा समेत स्मिथले १०५ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ८३,कप्तान एरोन फिन्चले ६०, मर्नुस लाबुशेनले ७० र ग्लेन म्यास्कवेलले २९ बलमा ६३ रन बनाए । उनले २५ बलमा अर्धशतक पूरा गरे । भारत र अष्ट्रेलियाबीचको अन्तिम एकदिवसीय मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय