Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । आइतबार भएको दोस्रो एकदिवसीय खेलमा पनि सहज जित निकाल्दै अष्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गर्दै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाले जितका लागि दिएको ३९० रनको लक्ष्य भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३३८ बनाएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले ८७ बल खेलेका कप्तान कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८९ रनको योगदान गरे । त्यस्तै ६६ बल खेलेका राहुलले ४ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए ।
भारतका लागि श्रेयस अ‍ैयरले ३८ रन बनाउँदा शिखर धावनले ३० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जोस हाजेउड र आदम जाम्पाले समा दुई–दुई विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३८९ रन बनाए थियो । अष्ट्रेलियाका लागि स्थिभ स्मिथले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १४ चौका र २ छक्काको सहयोगमा १०४ रनको योगदान गरे ।

पहिलो म्याचमा समेत स्मिथले १०५ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ८३,कप्तान एरोन फिन्चले ६०, मर्नुस लाबुशेनले ७० र ग्लेन म्यास्कवेलले २९ बलमा ६३ रन बनाए । उनले २५ बलमा अर्धशतक पूरा गरे । भारत र अष्ट्रेलियाबीचको अन्तिम एकदिवसीय मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय