Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्त्रण गर्नु  उपयुक्त हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्त्रण गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘नेपाली काङग्रेसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो । उहाँको ठूलो योगदान छ । उहाँ प्रति हामी आभारी छौं’, उनले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ । जति छिटो नेपाल काङ्ग्रेसको नेतृत्व उहाँले हस्तान्त्रण गरिदिनु भो, त्यहाँ हामी जो सुकै हुला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको ‘देउवा’ हितमा छ, पार्टीको हितमा पनि छ ।’

उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । ‘यो संसदीय कार्यकालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा  एक न एक पटक सरकार त बन्छ । प्रधानमन्त्रीका रूपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो’, उनले भने, ‘यो  पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि जनताका लागि थुप्रै काम भएका छन, अब नेपाली काङ्ग्रेसबाट नयाँ व्यक्ति  प्रधानमन्त्री  भएको हेर्न चाहेका छन् ।’

उनले नेतृत्व हस्तान्त्रण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रसस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे । ‘यो बिचको समयमा यी कुरा होस भन्ने म चाहान्छु’,  उनले भने, ‘आफ्नो चाहानालाई व्यावहारमा परिणत गर्न  प्रयत्न पनि गर्छु ।’

नेपाली जनताले काङ्ग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय