Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुने भएको छ ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै  कारबाहीको माग गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो।

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भन्दै दिएको भाषणका  सन्दर्भमा  प्रचण्डलाई  कारबाहीको माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतमा हालसम्म विचाराधीन छ।

प्रतिक्रिया

सम्बन्धित खवर