ला लिगाको अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ
। यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो । सेल्टाको जितमा गाब्रिएल भेइगाले दुवै गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।
खेलको ४२औं मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ६५औं मिनेटमा गाब्रिएल भेइगाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि बार्सिलोना खेलमा २–० ले पछि पर्यो ।
दुई गोलले पछि परेको बार्सिलोनाका लागि ७९औं मिनेटमा अन्सु फातीले गोल गरे ।
पछिल्लो चार खेलमा बार्सिलोनाको यो तेस्रो हार हो । रियल सोसिडाडसाग २–१ ले पराजित भएको बार्सिलोनाले त्यसपछि रियल भालाडोलिडसाग ३–१ ले पराजित हुँदा मलोर्कालाई ३–० ले पराजित गरेको थियो ।
