Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

लिगको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिँदा बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार डर्टमण्डले मेन्ज र बायर्न म्युनिखले एफसी कोनलसँग खेलेको थियो । डर्टमण्ड २–२ को बराबरीमा रोकियो बायर्नले कोनललाई २–१ गोल अन्तरले हरायो । डर्टमण्ड रोकिदा बार्यनले लिगको उपाधि जितेको छ ।

कोलनको घरेलु मैदानमा भएको खेलमा बायर्नले आठौं मिनेटमै कोमनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले ८१औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएपनि ८९ औं मिनेटमा गोल गर्दै मुसियालाले बार्यन म्युनिखलाई जित दिलाए । अघिल्लो खेलमा लाइपजिकसँग हारेका कारण बार्यनलाई यो जितले मात्र पुग्दैनथ्यो, डर्टमण्डले जितेको भए डर्टमण्ड  च्याम्पियन बन्ने थियो ।

घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले १५औं मिनेटमा गोल खायो । मेन्जका लागि हेन्च ओल्सनले गोल गरे । त्यसको चार मिनेटमै डर्टमण्डले पेनाल्टी पाएको थियो, तर हालर गोल गर्न चुके । बरु २४औं मिनेटमा ओनिसिओले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।खेलको ६९ औं मिनेटमा गोल फर्काएको डर्टमण्डले अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । बायर्नसँग समान ७१ अंक बनाएको भएपनि गोल अन्तरमा पछि पर्दै बोरुसिया डर्टमण्डले ११ वर्षमा पहिलो पटक उपाधि जित्ने अवसर गुमाएको छ । बायर्न म्युनिखले भने लगातार ११औं पटक उपाधि जित्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय