Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको  लिभरपुलले शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ ।

गएयराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३– ० ले पराजित गरेको थियो । जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको हो ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरेका थिए ।

अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरे । तीन वटै गोलमा मोहमद सलाहको असिस्ट थियो ।

जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमा छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अंक दुरी १ मा झारेको छ ।  न्युकासल र म्यानचेष्टर युनाइटेडले एक–एक खेल कम खेलेका छन् ।

शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय