Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

इंगलिस प्रिमियर लिगमा आर्सनलले न्युकासल युनाइटेडलाई पराजित गरेको छ ।आइतबार राति भएकाे खेलमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २–० ले हराएको हो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी एकमा झारेको छ ।

न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले जर्गिन्होको पासमा १४औं मिनेटमा एक गोल गर्दा ७१ औं मिनेटमा अर्को एक गोल उपहार पाएको थियो ।

ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भयो । आर्सनलभन्दा एक खेल कम खेलेको सिटी भने ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ । न्युकासल ६५ अंकसहित तेस्रो स्थानमा छ । लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ ।

आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १–० ले पराजित भएको छ । वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो ।

हारसँगै युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेडले ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय