Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

“आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उहाँले भन्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुनकुन विषयलाई प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सबै राजनीतिक दलका बीचमा एकरुपता ल्याउनुपर्ने, सरकारमा सहभागी भएका राजनीतिक दलका बीचमा सरसल्लाह गरेर सबैको धारणा अभिव्यक्त हुने गरेर बजेटको प्राथमिकता र सिद्धान्त तोक्नुपर्‍यो भन्नेबारेमा छलफल भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

“बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्ने र त्यसमा सरकारमा संलग्न सबै राजनीतिक दलले आफ्ना धारणा र दृष्टिकोण राखेर परिमार्जन गर्ने विषयमा छलफल भयो”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय