Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  अहिलेकै गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । सुनसरी इनरुवा नगरपालिका ४ को हनुमान चौकदेखि सीमावर्ती देवानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्दै उनले अहिलकाे गठबन्धन पाँच वर्ष टिक्ने बताएका हुन् ।

उनले  एमाले र कांग्रेस मिल्ने सम्भावना नरहेको बताए  ।

उनले नेपालमा अस्थिरता मच्चाउने शक्ति सक्रिय रहेको दाबी गरे । ‘ वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ, म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ, उनले भने,‘ एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’ उनले नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाउने हल्ला मात्रै भएको दाबी गरे ।

देवानगञ्जबाट हनुमान चोसम्मको सडक करिब २३ किलोमिटर छ ।  देवानगञ्जबाट सुरु हुनेगरी  साढे १० किलोमिटर सडक ठेक्का   लागेको हो । पूर्व मन्त्री कार्कीले सोमबार हनुमान चोकमा सडक शिलन्यास गरेका हुन् । सडक शिलन्यास पछि कार्कीले उद्घाटन भने देवानगञ्जमा पुगेर गर्ने बताए । उनले तोकिएको अवधीमा निर्माण सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।

सडक शिलन्यासका क्रममा  कोशी  प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईंले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए ।  शिलन्यास गरिएको सडक  समयमा नै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उनले निर्देशन दिए  । पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख  शुशिल श्रेष्ठका अनुसार  साढे १०  किलोमिटर सडक निर्माणका लागि ३२ करोड ८३ लाख ५  हजारमा महाविर इन्जिनियरिङ एण्ड कन्सट्रक्सन प्रालीले ठेक्का पाएको छ । सम्झौतामा २०८३ साल बैशाख ५ गते भित्र काम सक्नुपर्ने उल्लेखे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय