
च्याम्पियन्स लिगमा एसी मिलानले नापोलीलाई पराजित गरेको छ । क्वाटरफाइनलको पहिलो लेगमा मिलानले नापोलीलाई १–० ले पराजित गरेको हो । बुधबार राति भएको खेलमा मिलानको जितका लागि स्माइल बेन्नाकारले निर्णयक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा जित निकालेको मिलानले अवे खेलमा बराबरी मात्रै गर्न सके लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । लिगको अर्काे क्वाटर फाइनल खेलमा रियल म्याड्रिडले चेल्सीलाई २–०ले पराजित गरेको छ । रियल म्याड्रिडको जितमा करिम बेन्जेमा र मार्काे एसेन्सीओले गोल गरे ।