Nepali Unicode | Preeti to Unicode

प्रहरीले मोरङबाट अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

अनिवार्य विज्ञान विषयको परीक्षा दिने  क्रममा बुधबार ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो ।

लिम्बूले  कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप– महानगरपालिका वडा नं– ५ की सुस्मिता लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए ।

पक्राउ परेका लिम्बूमाथि अनुसन्धान  भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर