Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत एभर्टनले टोटेनहमलाई बराबरीमा रोक्न सफल भएको छ । सोमबार राति भएको खेलमा एभर्टनले टोटेनहमसँग १-१ गोलको बराबरी खेलको हो ।

५८ औँ मिनेटमा मिडफिल्डर अब्दोले डोकोरले रातो कार्ड खाएपछि एभर्टन १० खेलाडीमा सिमित भयो । त्यसपछि ह्यारी केनले ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

तर ८८ औँ मिनेटमा लुकास मोउराले रातो कार्ड खाएपछि टोटेनहम पनि १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा उठाउँदै माइकल किनले ९० औँ मिनेटमा एभर्टनका लागि बराबरी गोल गरे ।

बराबरीसँगै एभर्टन २९ खेलबाट २७ अंक जोड्दै १५ औँ स्थानमा उक्लिएको छ । यता २९ खेलबाट ५० अंक जोडेको टोटेनहम भने चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय