Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाडौं, मंसिर १३ गते । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।
यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बसेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्नुहुनेछ । यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको बुँदागत तथा तथ्यगत जवाफ प्रतिवेदनमा आउने थापाले बताउनुभयो । उहाँकाअ नुसार प्रतिवेदनमा जवाफमात्र नभई पार्टीले गर्नुपर्ने काम र समस्या समाधानको पहलसमेतको विषय प्रस्तुत हुनेछ ।
यसअघि बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ । त्यस्तै, २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सचिवालय बैठकमा आज अध्यक्ष ओलीको प्रस्ताव पेश भएपछि त्यसमा धारणा राख्न तथा एजेण्डामा छलफल गर्न थप दुई तीन बैठकको आवश्यकता पर्ने नेताहरुको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय