Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढौँ ।”

उहाँले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताका महिलालाई टिकाइरहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्टले महासङ्घ समावेशी संस्था भएको उल्लेख गदै महासङ्मा १७ प्रतिशत महिला भएको बताउनुभयो । उहाँले महिलालाई प्राथमिकतामा राखेर समान अवसर दिएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारलाई हरेक अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे) का अध्यक्ष संगीता लामाले महिला पत्रकारको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गरिरहेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले धेरै दुःखले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको र पत्रकार महिलाको अझ व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पु¥याउने, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई जुनसुकै अवस्थामा पनि पेसागत र व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा सञ्चारिका अग्रणी सम्मानद्वारा रिना गुरूङ र सूर्यकुमारी पन्त, समानता पुरस्कार सिर्जना खड्का (रू २० हजार), उमासिंह पत्रकारिता पुरस्कार रिना थापा (रू १० हजार) र प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई (रू १०÷१० हजार) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व सिर्जना खड्काले पुरस्कारले आगामी दिनमा कलम चलाउनका लागि थप प्रोत्साहन गरेको महसुस भएको सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय