Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ ।

यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उनका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन् ।

मेलामा विशेषगरी घरभित्र सजाउन प्रयोग गरिने फूल र घर बाहिर बगैँचामा सजावटको लागि प्रयोग गरीले फूल उपभोक्ताको रोजाइमा परेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० वटा कक्ष रहेका छन् । जसमा व्यवसायी ६० छ भने सूचनामूलक १० कक्ष रहेका छन् । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको छ ।

त्यसैगरी नर्सरी व्यवसायीद्वारा उत्पादित आलंकारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कृतसमेत मेलामा गराइनेछ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय