Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ ।सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता बद्री पाण्डेले जानकारी दिए ।

‘७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’

७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य दिनेशलाई भने एमालेले साथ दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय