नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या निकै कम देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आज बुधवारको बैठकमा उनले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए ।
‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरू हुनुहुन्न’, सांसद खतिवडाले भने, ‘संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’
संसदमा सांसदको कम उपस्थितिलाई लिएर पटक–पटक आलोचना हुँदै आएको छ ।
