Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि मन्त्रालय धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै जिल्ला तहमै सम्झौता गर्न सकिने निर्णय गरेका हुन् ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि सम्बन्धित कार्यक्षेत्रको जिल्लास्थित वन कार्यालयबाटै हुने गरी निर्णय गरेको हो ।

मन्त्री स्तरको निर्णयपछि योजना सम्झौताका लागि अब मन्त्रालय धाउनु नपर्ने मन्त्री आचार्यका स्वकिय सचिव कपिल सुनारले बताए । उनका अनुसार अब प्रदेशका १४ वटै जिल्लामा रहेका वन कार्यालयबाट योजना सम्झौता हुनेछ ।   उक्त निर्णयले विकट पहाडी जिल्लाको पर्यटन योजनाका उपभोक्ता समितिलाई सहज हुनेछ ।

यस्तै पर्यटन मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना स्वीकृत भइसकेका तर सम्झौता हुन बाँकी योजनाहरु समयमै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्तभित्रको समयसीमा समेत तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय