Nepali Unicode | Preeti to Unicode

सातौं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । गोल्डकपको उपाधिका लागि घरेलु टोली टिम विराटनगर सिटी (बीसीएफ) र पाहुना टोली भारत केरलाको लुका सकर क्लब भिड्दैछन् । उपाधि जित्नेमा दुवै टोली आत्मविश्वासी देखिएका छन् ।

सहिद रंगशालामा बिहीबार ६ः४५ बजे खेल सुरु हुनेछ । फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा हुनेछ । घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा  छ ।

विराटनगरले पूर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

विराट गोल्डकपको पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएको थियो ।
चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले २० लाख १५ हजार  र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्

प्रतिक्रिया

सम्बन्धित खवर