Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

चितवन, मङ्सिर ११ गते । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्ूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय