कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेको खेलमा अर्जेन्टिनाले कुराकाओमाथि सानदार जित निकालेको छ ।
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को फराकिलो जित निकालेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गरे । निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे ।
पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । मेस्सीले १७ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।
२०औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ३३ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो ३७औं ह्याट्रिक हो ।
कुराकाओमाथिको ह्याट्रिकसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् ।
२३औं मिनेटमा निकोलस गोन्जालेज, ३५औं मिनेटमा एन्जोले,७८औं मिनेटमा एन्जल डि मारिया र ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गरेका थिए ।
