Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका तीन जना धरौटी बुझाएर छुटेका छन् ।

धरौटी नबुझाएका कारण सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई केन्द्रीय कारागार चलान गरिएको थियो ।

उनीहरूलाई मंगलबार धरौटी बुझाएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

काठमाडौंको बानेश्वरमा चैत ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध  नाराबाजी गर्दा उनीहरू पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर