Nepali Unicode | Preeti to Unicode

मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ । मंगलबार नेप्से १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

मंगलबार विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको सेयर बढेको छ । पछिल्ला तीन दिन उच्च अङ्कले घटेको माइक्रोफाइनान्स समूहको सेयर आज उच्च अङ्कले बढेको छ ।

मंगलबार बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

मंगलबार सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर